RayNewsDaily
विश्वकप छनोटः नेपाले अमेरिकाको सामना गर्दै

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज अमेरिकासँग खेल्दैछ । ताकासिंगा स्पोर्ट्स क्लब, हरारेमा खेलिने खेल  दिउँसो १२ः ४५ देखि सुरु हुने छ । पहिलो जितको खोजीमा रहेका दुबै टोली एक अर्कालाई पराजित गर्दै सुपर सिक्समा पुग्ने सम्भावना जोगाउने योजना सहित मैदान उत्रने छन् ।

 
नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ र अमेरिका वेस्टइन्डिजसँग ३९ रनले पराजित भएको थियो । नेपालका फास्ट बलर सोमपाल कामीले चोटका कारण आजको खेल गुमाउने निश्चित हुँदा टिममा एक परिवर्तन हुँने पक्का भएका भएको छ । सोमपालको स्थानमा कुनै फास्ट बलर ( जि.सी र किशोर महतो मध्य एक) वा स्पनर ललितनारायण राजवंशीले स्थान बनाउनु हुने छ । 
नेपाल र अमेरिकाबीच हाल सम्म ६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जस मध्य नेपालले ३ खेलमा जित निकाल्दाँ २ मा हार बेहोरेको छ र एक खेल टाई भएको छ ।


समूह ए मा जिम्बावे २ अंकका साथ शीर्ष स्थानमा छ । वेस्टइन्डिज पनि २ अंकका साथ दोस्रो स्थानमा छ । समूह बी मा श्रीलंका र ओमान शीर्ष र दोस्रो स्थानमा छन् । 


नेपालको टोली
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी र अर्जुन साउद ।

अमेरिकाको टोली
मोनांक पटेल (कप्तान तथा विकेटकिपर), आरोन जोन्स (उप–कप्तान), शयान जहाजिंगर, केंजिगे, अली खान, सुशान्त मोदानी, साईतेजा मुकामल्ला, सौरभ नेत्रवालकर, अभिषेक परादकर, निसर्ग पटेल, कायल फिलिप, उस्मान रफिक, गजानन्द सिंह, जेसी सिंह र स्टिभ टेलर ।
 

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update