सौर्य एयरलाइन्सको विमान काठमाण्डूमा दूर्घटना
                        
                        
                                                
                                             
                                                                    रे समाचार/काठमाण्डू । काठमाण्डूबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको हवाईजहाज त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ ।

 
९ एन-एएमई (सीआरजे २०००) कलसाईन रहेको सो हवाईजहाज त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छाडे लगत्तै आधा घण्टा अघि दुर्घटना भएको हो । घटनास्थलमा उद्धार कार्यजारी रहेको र जहाजको केही भागमा आगो लागेको देखिएको छ । यद्यपी जहाजमा कतिजना यात्रु थिए भन्नेबारे जानकारी आईसकेको छैन ।
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १२:१४
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
 
                                             
                                             
                                             
                     
                     
                    