RayNewsDaily
त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी   

काठमाण्डू । काठमाण्डूको त्रिपुरेश्वर चोकमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी भएको छ ।    
    
जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप घिमिरेले रिद्धिसिद्धी यातायातको बसमा चालकले आफैँ आगो लगाएको राससलाई जानकारी दिनुभयो । प्रहरीका अनुसार चालक २५ वर्षीय दावा लामा गम्भीर घाइते भएका छन्। लामाको शरीरमा ९० प्रतिशतभन्दा बढी जलन भएको बताइएको छ। लामा हाल बोल्न सक्ने अवस्थामा छैनन्।  
    
आगोमा परेर घाइते भएका चालकलाई उपचारका लागि कीर्तिपुरस्थित वर्न अस्पतालमा पठाइएको एसएसपी घिमिरेले बताउनुभयो । के–कति कारणले आगो लगाउन खोजिएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस   

 

प्रकाशित मिति: सोमबार, असोज ५, २०८३  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update