RayNewsDaily
प्रधानमन्त्री मोदीको तेस्रो कार्यकाल छिमेकी देशहरुका लागि सहज : कुटनीतिज्ञ श्रेष्ठ

काठमाण्डू । वरिष्ठ लेखक तथा कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकाल नेपाल लगायतका छिमेकी देशहरुका लागि सहज हुने बताउनु भएको छ ।

भ्वाईस अफ काठमाण्डूसँग संक्षिप्त कुरा गर्नुहुँदै कुटनीतिज्ञ श्रेष्ठले भारतमा हालै सम्पन्न लोकसभाको निर्वाचनमा भारतीय जनता पार्टीले पूर्ण बहुमत प्राप्त गर्न नसकेको र गठबन्धन सरकार निर्माण भएकोले पनि प्रधानमन्त्री मोदीको चाहना अनुसारका सबै कुरा हुन नसक्ने बताउनु भयो । आफु वलियो र शक्तिसाली हुन चाहने प्रत्येक देशले छिमेकीहरुको समेत विश्वास जित्नुपर्ने हुनाले सार्वभौमिकताको आधारमा छिमेकीहरुसँग समान व्यवहार गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार अघि बढ्नेमा आफु आशावादी रहेको कुटनीतिज्ञ श्रेष्ठको भनाइ छ । प्रधानमन्त्री मोदीकालागि तेस्रो कार्यकाल विगतको जस्तो सहज नभएकोले सरकारमा सहभागी अन्य दलहरुसँग सन्तुलन नमिल्दा सरकार लामो समयसम्म जान नसक्ने पनि श्रेष्ठले बताउनु भयो ।

भारत सरकारको नियन्त्रणमा रहेकाका लापानी, लिपुलेक र लिम्पियाधुरा जस्ता नेपाली भूभाग नेपालमा फर्काउन चौतर्फी दबाब बढरहेको सन्दर्भमा नेपाल सरकारले कस्तो कुटनीतिक पहल गर्नु उपयुक्त हुन्छ भनि सोधिएको प्रश्नको जफावमा कुटनीतिज्ञ श्रेष्ठले, नेपालको संसदले चित्रमा देखाउननभएर उल्लेखित भूभाग फिर्ता ल्याउन नयाँ नक्सा जारी गरेको बताउनु भयो । कालापानीबाट भारतीय सैनिक फिर्ता गरेर मात्र वार्ताको टेवुलमा बस्नुपर्ने सुझाव दिनुुहँदै कुटनीतिज्ञ श्रेष्ठले नेपाली भूमिफिर्ता ल्याउन भारतको नयाँँ सरकारसँग निरन्तर कुटनीतिक पहलहरु गरिरहनुपर्ने बताउनु भयो ।

भारतको नियन्त्रणमा रहेको लिम्पियाधुरा नेपाल, भारत र चीनको त्रिदेशीय विन्दूमा रहेको हुनाले सो भूभाग नेपालमा फिर्ता ल्याउन चीन, भारत र नेपाल एउटै वार्ताको टेवुलमा बस्नुपर्ने कुटनीतिज्ञ श्रेष्ठको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update