RayNewsDaily
भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय   

अशोक घिमिरे/काठमाण्डू । भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि सङ्कलित नमुनाका आधारमा अहिले विधिविज्ञान प्रयोगशालामा धमाधम डिएनएन परीक्षण भइरहेको     
    
 नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशाला खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)को प्रयोगशालामा डिएनए परीक्षण भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले राससलाई जानकारी दिनुभयो     
    
 शव पहिचानका लागि सङ्कलित डिएनए नमुनामा कुनै त्रुटि नहुने गरी सुक्ष्म रूपमा परीक्षण कार्य अघि बढाइएको     
    
 नेपाल प्रहरीको विशेषज्ञ टोलीलाई सघाउन भारत, चीन, दक्षिण कोरिया सिङ्गापुरका विज्ञ नेपाल आएका छन् प्रहरीको विधिविज्ञान प्रयोगशालामा भारतीय कोरियाली तथा खुमलटारस्थित प्रयोगशालामा भारतीय चिनियाँ टोलीले सघाइरहेका छन्     
    
 डिएनए परीक्षणका लागि चार वटा मेसिन सञ्चालन गरिएको सो मेसिनले आवश्यक तयारीपश्चात ९० मिनेटमा एउटा नतिजा निकाल्छ अर्को नमुनाको परीक्षणका लागि सो मेसिनलाई पूर्ण रूपमा निर्मलीकरण गर्नुपर्ने हुन्छ     
    
 मृतकको हड्डी दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सकको भनाइ दाँत हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाइन्छ धुलोलाई विशेष केमिकलमा राखेर ७२ घण्टापछि मात्रै प्रक्रियामा लगिन्छ     
     
 शनिबार अपराह्नसम्म फेला परेका शवको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी एक हजार २३० वटा शव माटोमुनि व्यवस्थापन गरिएको शव पहिचानका लागि मृतकका एक हजार २८६ आफन्तका एक हजार ७७९ गरी कुल तीन हजार ६५ वटा डिएनए नमुना सङ्कलन गरिएको     
    
 प्रहरीको प्रयोगशालाको वार्षिक ४०० डिएनए परीक्षण गर्ने क्षमता अहिले दैनिक २५३० वटा नमुनाको परीक्षण भइरहेको प्रहरी नायब महानिरीक्षक काफ्लेले जानकारी दिनुभयो प्रहरीले भदौ १३ गतेदेखि डिएनएको नमुना सङ्कलन गरिरहेको हालसम्म करिब ४०० बढी नमुनाको डिएनए परीक्षण गरिएको     
    
 कतिपय नमुनाको पुनःपरीक्षण गर्नुपर्ने अवस्था आउने विज्ञको भनाइ हड्डी दाँतको करिब ३० प्रतिशत नतिजा दोहोर्याउनुपर्ने हुनसक्ने बताइन्छ     
    
 फेला परेका शवको नमुनाबाट जतिसक्दो डिएनएन परीक्षण गर्नेगरी काम भइरहेको प्रवक्ता काफ्लेले बताउनुभयो डिएनए परीक्षणलाई तीव्र बनाउन बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा पनि प्रयोगशाला सञ्चालनमा ल्याउने तयारी गरिएको     
    
 “हेटौँडास्थित प्रदेश प्रहरी कार्यालयमा पनि चाँडोभन्दा चाँडो अर्को प्रयोगशाला सञ्चालन गर्दैछौँ, मेसिन ल्याइसकेका छौँ, ‘सेटअपभइरहेको , एक हप्ताभित्र सञ्चालनमा आउँछ”, उहाँले भन्नुभयो भोटेकोशी विपद्पछिको खोज, उद्धार, शव पहिचान व्यवस्थापनलाई प्राथमिकतामा राखी प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पहल लिइरहनुभएको     
    
डिएनएम्याचिङगर्नकोडिससफ्टवेयरको प्रयोग    
    
 फेला परेका शव हराइरहेकाको नजिकको आफन्तको नमूना सङ्कलन गरेर डिएनए म्याचिङ¬ गर्नकम्बाइन डिएनए इन्डेक्स सिस्टम’ (कोडिस) सफ्टवेयर प्रयोगमा ल्याइएको     
    
 “मृतकको आफन्तको डिएनए निकालेर सफ्टवेरमा हालेपछि त्यसलेम्याचिङगर्ने हो”, केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेले भन्नुभयो कोडिस अन्तरराष्ट्रिय सफ्टवेयर हो     
    
 “यो सफ्टवेयरले मृतक आफन्तको डिएनएको रिपोर्ट राखेपछि त्यो सिस्टमलेम्याचिङभएको देखाउँछ”, उहाँले भन्नुभयो, “त्यसपछि सम्बन्धित व्यक्तिलाई आवश्यक कागजातका आधारमा उक्त शव निकालेर अन्तरराष्ट्रिय अभ्यास कानुनबमोजिम हस्तान्तरण गर्छौं ”    
    
 डिएनए परीक्षणका कामलाई जतिसक्दो चाँडो सम्पन्न गर्न प्रहरीका त्यससम्बन्धी सम्पूर्ण जनशक्ति परिचालित गरिएको प्रहरीका सबै जनशक्तिलाई कुनै पनि बिदा नदिइ २४ सै घण्टा ड्युटीमा खटाइएको     
    
 “डिएनए प्रोफाइलिङमा स्वदेशी तथा विदेशी जनशक्तिको सहयोग लिइएको विदेशी जनशक्ति पनि नेपालमा आएका छन्”, उहाँले भन्नुभयो डिएनए खर्चिलो समय लाग्ने परीक्षण हो त्यसका लागि नेपाल सरकारले आवश्यक स्रोत साधनको व्यवस्था गरिदिएको     
    
 मृतकको शव फेला पर्नेक्रम बढिरहेको आवश्यक उपकरण तथा जनशक्तिको अभावले प्रहरीलाई चुनौती दिइरहेको सातै प्रदेशमा विधिविज्ञान प्रयोगशाला सञ्चालनमा ल्याउन सकिए अहिलेको चुनौती कम हुनेछ     
    
 नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाखुशीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक योगबहादुर पाल बाढी प्रभावित क्षेत्रबाट सङ्कलित मृतक आफन्तबाट सङ्कलित नमुना आउनेक्रम जारी रहेको बताउनुहुन्छ सङ्कलित नमुनालाई सुरक्षित भण्डारण गर्नुका साथै परीक्षणसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी डिएनए परीक्षणमा अहोरात्र खटिएर कार्य गरिरहेका छौँ”, उहाँले भन्नुभयो     
    
 कुनै पनि व्यक्तिको पहिचानका साथै व्यक्तिहरू बीचको जैविक सम्बन्ध स्थापित गर्नका निमित्त डिएनए प्रोफाइलिङ सबैभन्दा प्रभावकारी साधनको रूपमा मानिन्छ     
    
शव पहिचानमा प्रहरीका तीन उपाय    
    
 फेला परेका शव पहिचानका लागि प्रहरीले तीन उपाय अपनाएको प्रहरी प्रवक्ता काफ्ले डिएनए परीक्षण, शवको औँठा छाप फोटो भिडान गरेर शवको पहिचानको विधि अलम्बन गरिएको सुनाउनुहुन्छ     
    
 हराएका व्यक्ति शवको फोटो भिडान गर्न प्रहरीलेडिजास्टर भिक्टिम आइडिन्टिफिकेसनसफ्टवेयरसमेत विकास गरेको केही शवको औँठाछाप निकालेका छौँ, त्यसलाई प्राविधिक रूपान्तरण गरेर कहाँकहाँ हुन सक्छन् भनेर खोजी गरिरहेका छौँ”, उहाँले भन्नुभयो     
    
 औँठाछापभेरिफाइडगर्न प्रहरीले राष्ट्रिय परिचयपत्रलगायतको प्रणालीबाट जैविक विवरण लिइएको यो विधिलाई कम खर्चिलो छरितो मानिएको यद्यपि, हात नभएका तथा गलेका शवबाट औँठाछाप लिन नसकिने प्रहरीको भनाइ  रासस      

 

प्रकाशित मिति: शनिबार, भदौ २७, २०८३  २३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update