RayNewsDaily
मुक्तक: अनगिन्ती घात देखेँ

-भवानी न्यौपाने भावना

साथ भन्दा धेरै यहाँ अनगिन्ती घात देखेँ
मन्द मन्द मुस्कानमा मुटु दुख्ने बात देखेँ।।
आफ्नै बुद्धि विवेकमा चलेकोछ जिन्दगानी 
जालसाजी मित्रताको निक्कै ठुलो खात देखेँ।।
भाग्यमानी छोरी म हुँ  नेपालमा जन्म लिएँ
देश लुट्ने नेतृत्वको  जताततै मात  देखेँ ।।
अस्तित्वमा अडेकोछ स्वाबलम्बी यो जिन्दगी 
कोमल यी ओठमा नै पिपलुका पात देखेँ।।
जताततै चङ्खेहरूको साम्राज्य छ अचेल
सोचमग्न भई बस्दा  अनिदा ती रात देखेँ ।।

तुलसीपुर, दाङ ।

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  २०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update