प्रधानसेनापति सिग्देल चीन प्रस्थान, बेइजिङ स्याङसन फोरममा सहभागी हुने
- प्रधानसेनापति सिग्देल ६ दिने चीन भ्रमणमा ।
- १३औं बेइजिङ स्याङसन फोरममा सहभागी हुने ।
- बलाधिकृत रथी केसीले कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने ।
रे समाचार/काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान गर्नुभएको छ । प्रधानसेनापति सिग्देल २८ भदौदेखि ३ असोजसम्म चीन भ्रमणमा रहनुहुने सैनिक मुख्यालय जंगी अड्डाले जनाएको छ ।
भ्रमणका क्रममा उहाँले चीनको बेइजिङमा आयोजना हुने १३औं बेइजिङ स्याङसन फोरममा सहभागी हुनुहुनेछ । प्रधानसेनापति सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग केसीले बिदाइ गर्नुभएको थियो ।
भ्रमणले नेपाल र चीनबीचको सैनिक सम्बन्ध विस्तार गर्नुका साथै सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिमा समेत योगदान पुग्ने बताइएको छ । प्रधानसेनापति सिग्देल चीन भ्रमणमा रहनुहुँदा बलाधिकृत रथी केसीले कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नुहुनेछ ।
प्रकाशित मिति: आइतबार, भदौ २८, २०८३ १२:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
