RayNewsDaily
‘ए’ डिभिजन लिगमा आज सिजनका अन्तिम तीन खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत शनिबार सिजनको अन्तिम चरणको अन्तिम तीन खेलहरु हुँदैछन् । 
जसमा दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ भने एक खेल च्यासल मैदानमा हुनेछ ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र मनाङ मस्र्याङ्दी क्लब दिउँसो २ बजे भिड्नेछन् । यस्तै, रंगशालामा हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र थ्री स्टारबीचको खेल दिउँसो ५ः३० बजे सुरु हुनेछ ।

त्यसैगरी च्यासल मैदानमा संकटा क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । संकटा र एनआरटीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । गत सिजन ए डिभिजनमा बढुवा भएका चर्च ब्वाइज युनाइटेड क्लब शहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन बनेको छ । एफसी खुमलटार भने बी डिभिजनमा झरेको छ ।

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  ०८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update