RayNewsDaily
ताक्लाकोटमा एक नेपालीको मृत्यु       

सिमकोट, (हुम्ला) । चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा होटल सञ्चालन गर्दै आएका एक नेपालीको मृत्यु भएको छ । डोटीको जोरायल गाउँपालिका-२ घर भएका ५५ वर्षीय वीरबहादुर थापाको मृत्यु भएको हो ।    
    
हृदयघातका कारण माघ २ गते मृत्यु भएका उनको शव आज हिल्सा हेलिकोप्टरमार्फत ल्याइएको निजका आफन्त कुमार भण्डारीले राससलाई बताउनुभयो । हुम्लाबाट नेपालगञ्ज हुँदै निजको शव डोटी पुर्याइने भण्डारीले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update