RayNewsDaily
मन हो नि त उसको मर्जी

✍️ प्रेम प्रकाश पौडेल

पुषका पारीला घाम खोज्दाखोज्दै
सन्ध्याले निलिसकेकी हुन्छिन्
एउटा दिन,
फेरी भोलिको सुर्योदयमा
रमाउने आषामा
यो ब्रिद्ध जीर्ण शरीर
दोलहीका न्यानो खोज्न थाल्छ!
उफ्फ् निकै अत्यास
निकै सकस लाग्न थालेका हुन्छन्न्
यी पुषका रातहरु
भनिन्थे फासफुस मै बित्छन्न्
पुषका दिन र रातहरु
अस्ति भर्खर त हो नि
कठै ! फिस्टेले पनि रातमा
तीन मुर्छा खाएको !
थाईराईड र प्रेसर का
(नेपाली नाम त बिर्सिपनि सकिएछ)
औसधीसँगका मितेरीले
चल्दैगरेको जिन्दगी
डोर्याउँदै गरेको जिन्दगी
जहाँ मिठास मोह भेटिन्छन्
बार्ह छोरा तेर्ह नातीका उखान भित्र
यो जिन्दगी बिर्सन खोज्दैछ
ओसिला दिनहरु
आङमा घाम नलागेपनि
मास्टर्नीले तताएर दिएकी
मनतातो पानीले
तन जांगरीलो बन्छ,
मनका दाँतले भुटेका मकै चपाउँदै
गोरस नभएको चियाका सुर्कोमा
जीवनका पूर्वार्दका यादहरुले
यो मानसपटल फुरुङ्ग बनाउँछु
हुस्सु, तुषारो कुहिरोले
दिनहरु जति चिस्याए पनि
आङनमा नातीहरुका चहलपहलले
न्यानो भेट्टाउँछ!
जवानी कहाँ बिते नसोध्नु आज
तर
जिन्दगीका उत्तरार्ध
आङ्गनीमा बित्दैछन्
माया र मोहका साथ !
बस! फरक यत्ती हो
उहिले त्यो ले
अहिले त्यो न ले
डाक्टरले नखा नै भनेको छ, भन्दै
आफ्नै आँङ्गन परदेश भैसक्दा पनि
कदमहरु मनका शाहससँग
गोडाफाट र परेड खेल्न खोज्छन्
जता मन्दिर त्यतै मन
जता मन त्यतै धाम
जता धाम त्यतै जाम
आत्मा घुमिरहन्छ !
हिजोफेरी आङनीमा
सुर्यनारायण सँग पिठ्यु जुधाउंदै गर्दा
मनले मनभित्र नै खोजतलास गर्दै थियो
संसारीक मोह आँफैमा
उमेरका सँख्या पो बुढो भएका रहेछन्
आँफैलाई बुढो घोशित गरेर कहाँ हुँदो रहेछ र?
यो मन त अझै पनि
आँपका रुखमा झटारो हान्छ
चिलाउनेका दाउरा काट्छ
पुतलीहरुको पछि भाग्छ
खड्खडे घाटमा ठूलएकादशी मनाउँछ !
आखिर मन हो नि त
उसको मर्जी !
ए साथीहरु हो
आखिर जिउने चाहना कहाँ मर्दा रहेछन् र ?
हरीका नाम जपेर नै किन नहोस्
रातभरी काललाई गुहारे पनि
बिहानीमा हरी ॐ तत् सत् तत् सत्
मन फेरी रापिलो घाम खोज्छ
मन मन तातो पानी खोज्छ
पूरानै जवानी खोज्छ
सुखद सन्ध्या खोज्छ
शान्त रात खोज्छ
बुढ्यौलीका मीठा बात खोज्छ
भुटेका मकै नभएर के भो
सातु खोज्छ!
यो नाथे पुष
आधा भन्दा बढी त गैसक्यो
भन्दै फतफताउन थाल्छ !
मीठा मोहहरु माझ
जीवनका सौन्दर्य केलाउन थाल्छ
अध्यात्ममा बिलाउन खोज्छ
जिन्दगीका अनेक अर्थ खोज्न थाल्छ
जीवनका सुन्दर पाटाहरु रोज्न थाल्छ
छाती अप्ठेरो हुन्छ हल्का खोक्न थाल्छ
परन्तु हरेश खाँदैन ‘प्रेम’
भोलिका न्याना दिनको पर्खाइमा
पुषका दिन बितिहाल्छन् नि…….

 

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  ०९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update