रे समाचार/काठमाण्डू । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको सुखद अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरी भव्य रुपमा मनाईँदैछ ।
सरकारले हरेक वर्ष असोज ३ गते लाई संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ। दिवसका अवसरमा केन्द्रीय राजधानी काठमाण्डूको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुँदैछ।
दिवसका अवसरमा संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल तथा विभिन्न संघसंस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गर्दैछन्। विदेशस्थित नेपाली कूटनीतिक नियोगमा पनि संविधान दिवसका विभिन्न कार्यक्रम हुँदैछन्।
तत्कालिन राष्ट्रपति डा. रामवरण यादवले २०७२ साल असोज ३ गते नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा भवनबाट नेपालको संविधान जारी भएको घोषणा गर्नुभएको थियो। तत्पश्चात यसलाई दिवसका रुपमा मनाउन थालिएको हो ।
