RayNewsDaily
जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु   

जुम्ला । जुम्लाको हिमा गाउँपालिका-१ स्थित बड्कीमा अटो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा हिमा-१ का अटोचालक ४५ वर्षीय पदम शाही र सोही वडाका ४२ वर्षीय बली रोकाया रहेका जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिनुभयो ।    
    
भे१ह ३१९७ नम्बरको अटो नाग्मबाट हिमा गाउँपालिका-१ देवारगाउँ जाँदै गरेको अवस्थामा आज बिहान हिमा-१ बड्कीमा दुर्घटना भएको उहाँले बताउनुभयो । दुर्घटनामा परी सोही ठाउँका अन्दाजी ४१ वर्षका नन्द रोकाया घाइते हुनुभएको छ । घाइतेलाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको प्रहरीले जनाएको छ । रासस     

 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update