RayNewsDaily
जापानका लागि प्रस्तावित राजदूत थापाद्वारा नाम फिर्ता
  • जापानका लागि प्रस्तावित राजदूत जीज्ञानकुमार थापाद्वारा नाम फिर्ता ।
  • संसदीय सुनुवाइमा स्वार्थ बाझिने विषय उठेपछि निर्णय ।
  • नाम फिर्ता लिएकोमा संसदीय सुनुवाइ समितिद्वारा थापालाई धन्यवाद ।

काठमाडौँ । जापानका लागि प्रस्तावित राजदूत जीज्ञानकुमार थापाले राजदूत नियुक्तिको संसदीय सुनुवाइ तथा नियुक्ति प्रक्रियाबाट आफ्नो नाम फिर्ता लिनुभएको छ ।

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको आजको बैठकमा सभापति बोधनारायण श्रेष्ठले समितिलाई सम्बोधन गरी थापाले पठाउनुभएको पत्रमार्फत उहाँले नाम फिर्ता लिएको जानकारी गराउनुभएको थियो ।

जापानका लागि राजदूत नियुक्त भएर जाँदा स्वार्थ बाझिने विषय संसदीय सुनुवाइ समितिमा उठेपछि थापाले नाम फिर्ता लिनुभएको हो । गत असोज २८ गते उहाँको संसदीय सुनुवाइ भएको थियो । त्यस क्रममा समितिका सदस्यहरूले स्वार्थ बाझिने विषयमा प्रश्न उठाउनुभएको थियो ।

समितिका सभापति श्रेष्ठले उच्च नैतिकता प्रदर्शन गर्दै नाम फिर्ता लिनुभएको भन्दै समितिका तर्फबाट प्रस्तावित राजदूत थापालाई धन्यवाद ज्ञापन गर्नुभयो । रासस

प्रकाशित मिति: सोमबार, कात्तिक १६, २०८३  १९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update