RayNewsDaily
एलपी ग्यास उद्योग गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम
  • ग्यास उद्योगलाई एकापसमा गाभ्ने निगमको नीति ।
  • बिक्री वितरण सहज बनाउन र उपभोक्ता हित प्रवर्द्धन गर्न पहल ।
  • गाभ्ने कार्ययोजना बनाएर काम अघि बढाउन उद्योगलाई आग्रह ।

काठमाडौँ । नेपाल आयल निगमले एलपी ग्यास उद्योगलाई एकापसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ ।

निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार एलपी ग्यासको बिक्री वितरण सहज बनाउन तथा उपभोक्ताको हित प्रवर्द्धन गर्न विभिन्न नाम र ब्रान्डमा सञ्चालित ग्यास उद्योगलाई एकापसमा गाभ्ने नीति लिइएको हो ।

निगमले सबै ग्यास उद्योगलाई पत्राचार गर्दै गाभ्ने कार्ययोजना बनाएर प्रक्रिया अघि बढाउन आग्रह गरेको छ । रासस

प्रकाशित मिति: सोमबार, कात्तिक १६, २०८३  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update