RayNewsDaily
करदाता प्रोत्साहन कार्यक्रमका १६ विजेता घोषणा, एक जनाले १० लाख पाउने
  • बम्पर उपहार विजेतालाई १० लाख रुपैयाँ ।
  • १५ जनाले जनही एक लाख ३३ हजार ३३४ रुपैयाँ पाउने ।
  • कात्तिक १ देखि १५ गतेसम्मका विजेता घोषणा ।

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक १ देखि १५ गतेसम्मका १६ विजेता घोषणा गरेको छ । विभागले आज यहाँ आयोजित कार्यक्रममा एक जना बम्पर उपहार विजेता र अन्य १५ जना विजेता घोषणा गरेको हो ।

विभागका अनुसार १० लाख रुपैयाँको बम्पर उपहारका लागि कुपन नम्बर ०९८०४६५५८१७५ छनोट भएको छ ।

त्यसैगरी, अन्य १५ जना विजेताले जनही एक लाख ३३ हजार ३३४ रुपैयाँ प्राप्त गर्नेछन् । रासस

प्रकाशित मिति: सोमबार, कात्तिक १६, २०८३  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update