RayNewsDaily
चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न सरकार सक्रिय, पुराना सहमति कार्यान्वयन गरिने
  • आन्दोलनरत पक्षसँग विगतमा भएका सहमतिको समीक्षा ।
  • कार्यान्वयन हुन बाँकी सहमति समयमै टुङ्ग्याउने निर्णय ।
  • स्वास्थ्य र शिक्षा मन्त्रीसहितको बैठकले गर्‍यो समीक्षा ।

काठमाडौँ । सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रमा आन्दोलनरत विभिन्न पक्षसँग विगतमा गरेका सहमति कार्यान्वयन गर्न सक्रियता देखाएको छ । सरकारले कार्यान्वयन हुन बाँकी सहमतिका विषयलाई समन्वय गरेर समयमै टुङ्ग्याउने निर्णय गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको बैठकले विगतमा भएका सहमतिको समीक्षा गर्दै तिनको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकारसहितको बैठकमा हालसम्म कार्यान्वयनमा आएका सहमतिबारे समेत समीक्षा गरिएको थियो ।

वर्तमान सरकारले विगतमा विभिन्न पक्षसँग भएका सहमतिको नियमित समीक्षा गर्ने योजनाअनुसार बैठक आयोजना गरेको जनाइएको छ । रासस

प्रकाशित मिति: बुधबार, कात्तिक ११, २०८३  २०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update