RayNewsDaily
चारवटा स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान   

राँझा (बाँके) । बाँकेका चार वटा स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान सञ्चालन गरिएको छ ।    
    
गत साउन महिनामा लम्पी स्किन सङ्क्रमण देखिएपछि रोग फैलिन नदिन किसानको गोठमै पुगेर खोप अभियान सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बाँकेका सूचना अधिकारी भोजबहादुर रावलले जानकारी दिनुभयो ।    
    
उहाँका अनुसार नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका र जानकी गाउँपालिकाका किसानको गोठमा पुगेर पशु स्वास्थ्य प्राविधिकले खोप लगाइरहेका छन् ।    
    
लुम्बिनी प्रदेश सरकारको कार्यक्रमलाई सो केन्द्रले स्थानीय तहसँगको समन्वयमा सञ्चालन गरेको हो । जिल्लाको खजुरा, बैजनाथ, डुडुवा र नरैनापुर गाउँपालिकाले लम्पी स्किन विरुद्धको खोप अभियान सञ्चालन गर्न भने हालसम्म चासो नदेखाएको केन्द्रका सूचना अधिकारी रावलले जानकारी दिनुभयो ।    
    
लम्पी स्कीन रोग पक्सभाइररिडी परिवार अन्तर्गतको क्याप्रिपक्स प्रजातीको लम्पी स्कीन डिजिज भाइरसका कारण अत्याधिक सङ्ख््यामा गाईभैंसीहरूमा सङ्क्रमण गराउने सीमा बिहीन पशुरोग भएकोले रोकथामको लागि खोप अभियान प्रभावकारी हुने जनाइएको छ । रासस   

 

प्रकाशित मिति: बिहीबार, कात्तिक ५, २०८३  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update