पैचिङ । अन्तर्राष्ट्रिय व्यक्तित्वहरूले चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठकमा उच्च चासो राखेका छन्। उनीहरूले पूर्ण र कडा पार्टी शासनलाई निरन्तरता दिने विषयमा केन्द्रित यो बैठक चिनियाँ कम्युनिष्ट पार्टी सधैँ समयअगाडि रहिरहन र जनताको हार्दिक समर्थन जितिरहनका लागि महत्वपूर्ण अर्थ रहेको व्यक्त गरेका छन्।

रसियन एकेडेमी अफ साइन्सेजको चीन तथा आधुनिक एसिया अनुसन्धान संस्थानको विश्व राजनीति तथा रणनीतिक विश्लेषण केन्द्रकी निर्देशक जाक्लियाज्मिन्स्काया भन्नुहुन्छ, चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठक पूर्ण र कडा पार्टी शासनमा केन्द्रित छ, जुन पार्टी निर्माण कार्यको महत्वपूर्ण अग्रसरता हो।
सर्बियाको बेलग्रेड विश्वविद्यालयका सहायक प्राध्यापक स्टर्किच भन्नुहुन्छ, म चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठकमा निकै चासो राख्छु, यसले चिनियाँ कम्युनिष्ट पार्टीको विकासको नयाँ अवस्था सिर्जना गर्नेछ।

तान्जानियाका राजनीतिक विश्लेषक सायो भन्नुहुन्छ, राष्ट्राध्यक्ष सी चिनफिङले असाधारण साहस देखाउँदै चीनलाई सही बाटोमा डोऱ्याउँदै आउनुभएको छ। CGTN
