RayNewsDaily
झापामा जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु
सांकेतिक तस्वीर ।
  • बाह्रदशीमा एउटै गाउँका दुई जनाको मृत्यु ।
  • बिहान पदयात्रामा निस्किएका बेला हात्तीको आक्रमण ।
  • एक जनाको अस्पताल लैजाँदै गर्दा र अर्काको उपचारका क्रममा मृत्यु ।

झापा । झापाको बाह्रदशी गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका-२, जनता चोक निवासी ७० वर्षीया लजुमा खातुन र ७३ वर्षीय झक्कु राजबंशी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवालेका अनुसार बिहान करिब ५ः३० बजे प्रातःकालीन पदयात्रामा रहेका बेला बिरिङ खोला नजिकै दुईवटा जंगली हात्तीले उहाँहरूमाथि अचानक आक्रमण गरेका थिए ।

आक्रमणबाट घाइते खातुनको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो भने राजबंशीको विर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अवालेले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: मंगलबार, कात्तिक ३, २०८३  २०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update