RayNewsDaily
कांग्रेस १५औँ महाधिवेशन असोज १८ देखि हुने
  • कांग्रेस १५औँ महाधिवेशन असोज १८ देखि हुने ।

  • भारी वर्षाका कारण दुई दिनपछि सर्‍यो महाधिवेशन ।

  • उद्घाटन समारोह खुलामञ्चमा दिउँसो २ बजे ।

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आगामी असोज १८ गतेदेखि काठमाडौँमा हुने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज विज्ञप्ति जारी गर्दै देशका विभिन्न स्थानमा परेको भारी वर्षाका कारण प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा ढिलाइ भएकाले महाधिवेशन निर्धारित समयभन्दा दुई दिन पछि सारिएको जानकारी दिनुभयो ।

यसअघि कांग्रेसले असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।

“पार्टीको महाधिवेशनअन्तर्गत वडा र पालिका अधिवेशन सम्पन्न भई प्रदेशसभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन भइरहेका छन् । यसैबीच देशका विभिन्न स्थानमा परेको भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै १५औँ महाधिवेशन असोज १८ गतेसम्मका लागि सारिएको हो”, उहाँले भन्नुभयो ।

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौँको खुलामञ्चमा हुने कांग्रेसले जनाएको छ । रासस

प्रकाशित मिति: मंगलबार, असोज १३, २०८३  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update