RayNewsDaily
नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट
  • नेपाल इमर्जिङ टिम्स एसिया कपमा छनोट ।
  • फाइनलमा नेपाल र युएई भिड्दै ।
  • सिनियर एसिया कपका लागि जित्नैपर्ने ।
रे समाचार/काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको छ । एसिसी प्रिमियर कपको फाइनलमा स्थान बनाएसँगै नेपालले इमर्जिङ टिम्स एसिया कपमा पनि स्थान सुरक्षित गरेको हो ।

एसियन क्रिकेट काउन्सिल (एसिसी) को प्रावधानअनुसार प्रिमियर कपको फाइनल पुग्ने दुई टोली र तेस्रो हुने टोलीले इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाउँछन् । नेपाल दोस्रो पटक यस प्रतियोगिताका लागि छनोट भएको हो ।

नेपाल भने आसन्न संस्करणको सिनियर एसिया कपमा छनोट हुन बाँकी छ । उक्त प्रतियोगितामा स्थान पक्का गर्न नेपालले शनिबार हुने एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई हराउनुपर्नेछ ।

नेपाल र युएईले आज भएको सेमिफाइनलमा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन् । नेपालले ओमानलाई ८७ रनले तथा युएईले हङकङलाई सात विकेटले हराएको हो ।

नेपाल दोस्रो तथा युएई तेस्रो पटक एसिसी प्रिमियर कपको फाइनल खेल्ने तयारीमा छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update