RayNewsDaily
फिदिम स्पोर्टिङ क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा   

ताप्लेजुङ । पाँचथरको फिदिम स्पोर्टिङ क्लब ताप्लेजुङमा जारी अन्तरराष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको     
    
शनिबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा काठमाडौँको चित्लाङ फुटबल क्लबलाई टाइब्रेकरमा गोलअन्तरले पराजित गर्दै फिदिम स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो     
    
टाइब्रेकरमा पाँचथरका निरोज लिङ्देन, सुसन जबेगु, हितेन लिम्बू अनिस परियारले गोल गरे चित्लाङका तर्फबाट मिक्सो लिम्बू, चेतन थारू किरण सुनारले गोल गरेका थिए खेलमा पाँचथरका गोलरक्षक मिराक खजुम म्यान अफ म्याच घोषित भए     
    
यसअघि शुक्रबार भएको खेलमा आयोजक ताप्लेजुङ११ लाई गोलअन्तरले पराजित गर्दै भारतको जर्जियन युनाइटेड फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरिसकेको     
    
लाखेजात्रा पर्वको अवसर पारेर लाखेजात्रा सञ्चालन समितिले आयोजना गरेको उक्त प्रतियोगिता यही भदौ १९ गतेसम्म सञ्चालन हुनेछ प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको आजको क्वाटरफाइनल खेलमा सातदोबाटो फुटबल क्लब साबिक विजेता सलहेश युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ     
    
प्रतियोगिताको विजेताले रु सात लाख दुई हजार उपविजेताले रु तीन लाख ५२ हजार नगद पुरस्कारसहित ट्रफी, पदक प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका कोषाध्यक्ष दावा शेर्पाले जानकारी दिए प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विधागत पुरस्कारसमेत प्रदान गरिनेछ विसं २०२२ देखि विभिन्न नाममा आयोजना हुँदै आएको यो प्रतियोगिता केही वर्षयता ताप्लेजुङ गोल्डकपका नाममा सञ्चालन हुँदै आएको  रासस   

 

प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update