RayNewsDaily
खेलकुदका माध्यमबाट अन्तरराष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति   

काठमाण्डू । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट आपसी मित्रता, भाइचारा सम्बन्ध सुदृढ गर्दै राष्ट्रिय एकताको भावना तथा अन्तरराष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभएको     
    
राष्ट्रिय खेलकुद परिषदद्वारा आज आयोजित १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले वर्तमान युगमा खेलकुद केवल प्रतिस्पर्धा, पेसा, ख्याति पहिचानका लागि मात्र सीमित नभएको स्पष्ट पार्नुभयो उहाँले भन्नुभयो, “यो व्यक्तिको सर्वाङ्गिण विकासको सशक्त माध्यम हो अनि अनुशासन, सहकार्य नेतृत्व, आत्मविश्वास राष्ट्रिय एकताको जग आधार पनि हो ”    
    
खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज यो आकर्षक पेसा राष्ट्रको गौरव, प्रतिष्ठा शान बढाउने माध्यम पनि बनेको राष्ट्रपति पौडेलको भनाइ थियो उहाँले भन्नुभयो, “खेलकुदको यो विशिष्ट महत्त्व विशेषतालाई मध्यनजर गरेर गुणस्तरीय शिक्षाका साथसाथै विद्यालयतहदेखि नै खेल प्रतिस्पर्धा, कार्यक्रम गतिविधि बढाएर खेलप्रति आकर्षित प्रोत्साहन गर्न सरकारले विशेष नीति कार्यक्रम बनाउनुपर्दछ खेल क्षेत्रसँग सम्बन्धित व्यक्ति, निकाय सरोकारवालाले पनि यसतर्फ विशेष ध्यान दिन आवश्यक ”    
    
राष्ट्रपति पौडेलले आज नेपालमा खेलप्रतिको क्रेज बढ्दै गएको उल्लेख गर्दै खेलसँगै खेल प्रतियोगितमा मेरो भविष्य सुरक्षित भन्ने भावना जागृत गर्न राज्यले पनि यसलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो उहाँले भन्नुभयो, “विद्यालयतहदेखि नै खेल शिक्षासँगको अन्तरसम्बन्ध महत्त्वलाई एकसाथ अघि बढाउँदै खेल संस्कृतिको विकास विस्तारका लागि यस्ता प्रतियोगितालाई सङ्घ, प्रदेश स्थानीयस्तरमा सञ्चालन गर्न कञ्जुस्याइँ गर्न हुँदैन उहाँले जित हार खेलको स्वभाविक पक्ष भए पनि खेलकुदका प्रतियोगितमा सहभागिता, निरन्तर अभ्यास एवं प्रयास, सिकाइ अनुभव नै महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो  रासस   

प्रकाशित मिति: बुधबार, जेठ २०, २०८३  २२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update