RayNewsDaily
अमेरिका आफ्ना सहयोगीबाट ’विमुख भएको’ म्याक्रोँको धारणा   

पेरिस । अमेरिकाले आफ्ना सहयोगीबाट ’विमुख भएको’ र सहकार्यबाट टाढा हुँदै गइरहेको फ्रान्सले जनाएको छ ।    
    
संयुक्त राज्य अमेरिका ‘बिस्तारै आफ्ना केही सहयोगीहरूबाट टाढा जाँदैछ’ र ‘अन्तर्राष्ट्रिय नियमहरूबाट मुक्त हुँदैछ’, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले बिहीबार भन्नुभयो । उहाँले डोनाल्ड ट्रम्पको नेतृत्वमा वाशिङ्गटनको नीतिहरूको अझै कडा आलोचना गर्नुभयो ।     
    
राष्ट्रपति म्याक्रोँले फ्रान्सेली राजदूतहरूलाई गर्ने नियमित बार्षिक सम्बोधन युरोपेली शक्तिहरू वाशिङ्गटनले भेनेजुएलाका नेता निकोलस मदुरोलाई पक्राउ गरेको र अमेरिकी राष्ट्रपतिको ग्रिनल्याण्डमा योजनाको संयुक्त प्रतिक्रियाको लागि संघर्ष गरिरहेका समय भएको हो ।    
    
एलिसी प्यालेसमा भेला भएका राजदूतहरूसँग उहाँले भन्नुभयो , “संयुक्त राज्य अमेरिका एक स्थापित शक्ति हो, तर यो बिस्तारै आफ्ना केही सहयोगीहरूबाट टाढा हुँदैछ र अन्तर्राष्ट्रिय नियमहरूबाट मुक्त हुँदैछ जुन उसले हालसालै प्रचार गरिरहेको छ ।”     
    
“हामी महान शक्तिहरूको संसारमा बाँचिरहेका छौँ र विश्वलाई विभाजित गर्ने वास्तविक प्रलोभन दिइरहेका छौँ,” उहाँले “नयाँ उपनिवेशवाद र नयाँ साम्राज्यवाद“ को उदयका रूपमा देखिएको अमेरिकी कदमको आलोचनासमेत गर्नुभयो ।    
    
उहाँले चीनलाई ‘बढ्दो निर्बाध व्यावसायिक आक्रामकता’ सहित अघि बढेको मुलुक र रुसलाई ‘अस्थिर शक्ति’ को रूपमा आलोचना गर्नुभयो । युक्रेनमा लगभग चार वर्षको युद्धको कुनै अन्त्यको सङ्केत देखिएको छैन भन्दै संयुक्त राज्य अमेरिका सहयोगीबाट ’विमुख भएको’ र सहकार्यबाट टाढा हुँदै गइरहेको भन्दै अमेरिकी ट्रम्प प्रशासनको कडा आलोचना गर्नुभयो ।    
    
यद्यपि म्याक्रोँले यस हप्ताको सुरुमा अमेरिकी दूतहरूले युक्रेनविरुद्ध रूसको युद्ध अन्त्य गर्न कुनै पनि सम्भावित युद्धविराम कायम राख्न सुरक्षा ग्यारेन्टीको बारेमा छलफल गर्न महत्त्वपूर्ण पेरिस शिखर सम्मेलनमा भाग लिएका थिए ।    
    
म्याक्रोँले आफ्ना कूटनीतिज्ञहरूलाई ‘बिग्रिएका चीजहरूको दर्शक’ नबन्न आग्रह गर्नुभयो ।    
    
उहाँले भन्नुभयो, “यो उल्टो छ! हामी यहाँ टिप्पणी गर्न आएका होइनौँ, काम गर्न आएका हौँ!”    
    
अमेरिकी विशेष फौजले शनिबार भेनेजुएलाबाट मदुरो र उहाँकी पत्नीलाई लगेर न्यूयोर्क लगेपछि म्याक्रोँले यस्तो बताउनुभएको हो ।    
    
त्यसपछि ट्रम्पले डेनमार्कको स्वायत्त क्षेत्र ग्रिनल्याण्ड आफ्नो नियन्त्रणमा लिन चाहेको भन्दै युरोपमा खतराको घण्टी बजाउनुभएको छ ।    
    
अमेरिकी राष्ट्रपतिले रणनीतिक महत्वको आर्कटिक टापु कब्जा गर्न बल प्रयोगलाई रोक्न बारम्बार अस्वीकार गर्दै आउनुभएको छ, जसका कारण डेनमार्क र अन्य लामो समयदेखि सहयोगी रहेका युरोपेली सहयोगीहरू स्तब्ध र आक्रोशित बनेका छन्।    
    
कोपेनहेगनले कुनै पनि आक्रमणले नेटो गठबन्धनको अन्त्य गर्ने चेतावनी दिएको छ ।    
    
म्याक्रोँले ‘बहुपक्षीय संस्थाहरूले कमभन्दा कम प्रभावकारी रूपमा काम गरिरहेका छन् भन्नुभयो ।    
    
उहाँले ग्रीनल्याण्डमाथि आक्रमण हुने हो कि होइन र क्यानडाले ५१ औँ राज्य बन्ने खतराको सामना गर्नुपर्नेछ कि भन्ने चिन्ता बढिरहेका समय ‘विश्वव्यापी सहकार्य’ महत्वपूर्ण रहेको बताउनुभयो ।    
    
उहाँले भन्नुभयो, “यो संयुक्त राष्ट्रसंघमा पूर्ण रूपमा पुनः लगानी गर्ने सही समय हो, किनकि हामी देख्छौँ कि यसको सबैभन्दा ठूलो सेयरधनीले अब यसमा विश्वास गर्दैन ।”    
    
‘अमेरिकाको हितविपरीत भएको’ भन्दै संयुक्त राष्ट्रसङ्घसँग आबद्ध ६६ वटा विश्व सङ्गठन र सन्धिबाट वाशिङ्टनको बहिर्गमनको सङ्केत बुधबार ह्वाइट हाउसले गरेको थियो ।    
    
म्याक्रोँले भन्नुभयो, “युरोपले आफ्नो हितको रक्षा गर्नुपर्दछ र प्रविधि क्षेत्रको युरोपेली नियमनको ‘सुदृढीकरण’ गर्नुपर्दछ । ब्रसेल्स र वाशिङ्गटनबीच बारम्बार तनावको स्रोत यही हो।”    
    
उहाँले शैक्षिक स्वतन्त्रताको रक्षा गर्ने महत्त्वमा पनि जोड दिनुभयो र एक नियन्त्रित सूचना स्थान हुने सम्भावनाको प्रशंसा गर्नुभयो, जहाँ विचारहरू पूर्ण रूपमा स्वतन्त्र रूपमा आदानप्रदान गर्न सकिन्छ, तर छनौटहरू केहीको दृष्टिकोणद्वारा बनाइदैन ।” एएफपी   

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०८२  ०८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update