बिशकेक । किर्गिजस्तानको राजधानी बिशकेकमा शनिबार चिनियाँ लगानीमा तयार गरिएको नयाँ ऊर्जा आयोजना सञ्चालनमा आएको छ । यस आयोजनाले फोहोरबाट ऊर्जा उत्पादन गर्दै वातावरणमैत्री समाधान दिनेछ ।
सञ्चालन समारोहमा किर्गिज राष्ट्रपति सादिर जापारोभले भन्नुभयो, “यस आयोजनाले फोहोर व्यवस्थापनको समस्या समाधान गर्नेछ, ऊर्जा उत्पादन गर्नेछ र रोजगारी सिर्जना गर्नेछ।” उहाँले थप्नुभयो।, “यो आयोजना राजधानीको वातावरणीय अवस्था सुधार्ने र जनताका लागि विद्युत आपूर्तिमा सहयोग पुर्याउनेछ ।”
बिशकेक उपमेयर रामिज अलिभले सञ्चार माध्यमसँगको कुराकानीमा भन्नुभयो, “फोहोरलाई स्वच्छ उर्जामा रूपान्तरण गरेर सहरको धुवाँ-धुलोको समस्या समाधान गर्न यस आयोजनाले ठूलो सहयोग पुर्याउनेछ ।”
यस आयोजनाको निर्माण र सञ्चालन चिनियाँ कम्पनी हूनान जुनसिन वातावरण संरक्षण कम्पनीले वित्तीय सहयोग गरेको हो । कम्पनीका अध्यक्ष दाइ दाओगुओले भन्नुभयो, “हामी यस आयोजना सुरक्षित, स्थिर र वातावरणमैत्री ढङ्गले सञ्चालन गर्न प्रतिबद्ध छौं र स्थानीय बासिन्दासम्म विकासका फाइदाहरू पुर्याउने सुनिश्चित गर्नेछौं ।”
आयोजना निर्माणको काम अप्रिल २०२४ मा सुरु भएको थियो ।
यसले दैनिक तीन हजार मेट्रिक टन फोहोर प्रशोधन गर्ने क्षमताको डिजाइन गरिएको भए पनि सुरुवाती रूपमा एक हजार मेट्रिक टन फोहोर दैनिक प्रशोधन हुनेछ । यसबाट वार्षिक करिब एक करोड चालीस लाख एक हजार युनिट ऊर्जा उत्पादन हुने र वार्षिक करिब एक लाख मेट्रिक टन कार्बन डाइअक्साइड उत्सर्जन घट्ने अपेक्षा गरिएको छ । दुवै देशका दुई सयभन्दा बढी प्रतिनिधिहरूले उद्घाटन कार्यक्रममा सहभागिता जनाएका थिए । सिन्ह्वा
