पैचिङ । “प्यालेस्टाइनी जनताका लागि ऐक्यवद्धता अन्तर्राष्ट्रिय दिवस” का अवसरमा चीनका राष्ट्रपति सी चिनफिङले बधाई सन्देश पठाउनु भएको छ ।
सन्देशमा राष्ट्रपति सी चिनफिङले प्यालेस्टाइन विवादको मूल कारण पत्ता लगाउँदै प्यालेस्टाइनी जनताले प्यालेस्टाइनलाई शासन गर्नुपर्ने सिद्धान्त अनुसार अघि बढ्नु पर्ने बताउनु भयो । राष्ट्रपति सी चिनफिङका अनुसार प्यालेस्टाइनको मुद्दा मध्य पूर्वको मूल मुद्दा हो, जुन अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायसम्बन्धित छ जसले क्षेत्रीय परिस्थितिलाई जोड्छ। वर्तमान अवस्थामा गाजा क्षेत्रमा व्यापक र दिगो युद्धविराम हासिल गर्न र युद्धको पुनरुत्थानबाट बच्नका लागि अन्तर्राष्ट्रिय समाजले अझ धेरै सहमति प्राप्त गर्नुपर्छ । प्यालेस्टाइनी जनताले प्यालेस्टाइनलाई शासन गर्नुपर्ने सिद्धान्त अनुसार, युद्धपछिको गाजाको शासन र पुनर्निर्माण गर्नुपर्छ, प्यालेस्टाइनी जनताको इच्छालाई सम्मान गर्नुपर्छ र उचित क्षेत्रीय तथा राष्ट्रिय चासोलाई ध्यान दिनुपर्छ। गाजा मानवीय परिस्थितिलाई सकेसम्म चाँडै सुधार गरेर प्यालेस्टाइनी जनताको पीडा कम गर्नुपर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा “दुई राष्ट्र समाधान” को दिशातर्फ लागेर प्यालेस्टिनी मुद्दाको सकेसम्म चाँडै राजनीतिक समाधान गर्नुपर्छ।
राष्टाध्यक्ष सीले प्यालेस्टाइनी मुद्दा एउटा विश्वव्यापी शासन प्रणालीको प्रभावकारिताको परीक्षण भएको पनि टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘चीनले अन्तर्राष्ट्रिय समाजलाई प्यालेस्टिनी मुद्दाको मूल कारणको सामना गर्न, जिम्मेवारी देखाउन, तदारूकताका साथ काम गर्न, ऐतिहासिक अन्यायलाई सच्याउन, निष्पक्षता र न्यायको रक्षा गर्न आह्वान गर्दछ। संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को स्थायी सदस्यको रूपमा, चीनले प्यालेस्टिनी जनताले वैध अधिकार पुनर्स्थापित गर्ने न्यायपूर्ण कार्यलाई दृढतापूर्वक समर्थन गर्दछ।’ प्यालेस्टिनी मुद्दाको सकेसम्म चाँडै व्यापक, न्यायपूर्ण र दिगो समाधानलाई प्रवर्द्धन गर्न चीनले अन्तर्राष्ट्रिय समाजसँग निरन्तर प्रयास गर्नेछ भन्ने कुरामा पनि उहाँले जोड दिनुभयो।
हिजो (नोभेम्बर २५ तारिख), संयुक्त राष्ट्र संघमा “प्यालेस्टाइनी जनताका लागि ऐक्यबद्धता अन्तर्राष्ट्रिय दिवस” हो ।
सीजिटिएन
