RayNewsDaily
राष्ट्रपति सी र राजा टुपोउबीच भेटवार्ता 

काठमाण्डू । चीनका राष्ट्रपति सी चिनफिङ र टोंगा राज्यका राजा टुपोउ छैठौंबीच भेटवार्ता, टोंगाले एक चीन नीतिलाई पूर्ण रुपमा व्यवहारमा उतारेको राजा टुपोउको भनाई ।।
चीनका राष्ट्रपति सी चिनफिङ र टोंगा राज्यका राजा टुपोउ छैठौंबीच भेटवार्ता भएको छ ।   

राष्ट्रपति सी र राजा टुपोउबीच हिजो (बुधबार) बिहान चीनको राजधानी पैचिङस्थित जन बृहत सभा भवनमा सो भेटवार्ता भएको हो । भेटवार्तामा राष्ट्रपति सी ले चीन र टोंगालाई जस्तासुकै आँधीबेहरीको सामना गर्न सक्ने साँचो मित्र भएको टिप्पणी गर्नुभयो । कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई पक्षले निरन्तर रुपमा पारस्परिक सम्मान र समानता प्रदर्शन गर्दै आएको राष्ट्रपति सीको भनाइ छ । विश्वव्यापी प्रमुख चासोका मुद्दाहरूमा एकअर्कालाई दृढतापूर्वक दुवै देशले समर्थन गरेको बताउनु हुँदै राष्ट्रपति सीले व्यापक रणनीतिक साझेदारीलाई निरन्तर रुपमा गहिरो बनाएको पनि बताउनु भयो । अन्तर्राष्ट्रिय परिस्थिति जतिसुकै परिवर्तन भए पनि, चीन सधैं टोंगाको विश्वसनीय साझेदार रहने र राष्ट्रिय स्वतन्त्रता र सार्वभौमिकताको रक्षामा टोंगालाई समर्थन गरिरहने पनि राष्ट्रपति सीले प्रतिवद्धता व्यक्त गर्नुभयो । 

भेटवार्तामा राजा टुपोउ छैठौंले टोंगाको आर्थिक र सामाजिक विकासमा चीनको लामो समयदेखि निस्वार्थ रुपमा सहयोग गरेको भन्दै चीन सरकार र चिनियाँ जनतालाई धन्यवाद दिनु भएको छ । टोंगाले चीनसँगको आफ्नो सम्बन्धलाई ठूलो दिएको बताउनुहुँदै राजा टुपोउले एक–चीनको सिद्धान्तलाई आफ्नो देशले कडाईका साथ पालना गर्ने बताउनु भयो । ताइवानलाई चीनबाट अलग बनाउने कुनै पनि रूपको दृढतापूर्वक आफ्नो देशले विरोध गर्ने पनि राजा टुपोउले जानकारी दिनुभयो । राष्ट्रिय पुनर्मिलन प्राप्त गर्न चिनियाँ सरकारलाई टोंगाले सँधै समर्थन गर्ने राजा टुपाओको भनाई छ । व्यापार, कृषि, स्वच्छ ऊर्जा, शिक्षा, चिकित्सा सेवा र वातावरणीय संरक्षण जस्ता क्षेत्रमा चीनसँग सहकार्य विस्तार टोंगा तयार रहेको पनि राजा टुपाओले बताउनु भयो । 


 

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update