RayNewsDaily
इजरायली हवाई आक्रमणमा परी २५ जना प्यालेस्टिनीको ज्यान गयो

गाजापट्टी । इजरायली सेनाले मंगलबार बिहानदेखि गाजा पट्टीमा पटक पटक गरेको धेरै हवाई आक्रमणमा परी २५ जना प्यालेस्टिनीहरुको ज्यान गएको छ ।

प्यालेस्टायनको स्वास्थ्य मन्त्रालयका अनुसार ती आक्रमणहरुमा २५ जना नागरिकको मृत्यु भएको छ भने ७९ जना घाइते भएका छन् । प्यालेस्टिनी आधिकारिक समाचार एजेन्सीले स्थानीय स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै दिएको रिपोर्टमा गाजा शहरका धेरै स्थलहरूमा इजरायलको कठोर आक्रमण भएको छ । ती आक्रमणहरुमा दुई जना महिला र तीन जना बालबालिका सहित १२ जनाको मृत्यु भएको छ । पश्चिमी खान युनिसको अल मावासीमा, इजरायली आक्रमणले संयुक्त राष्ट्र संघको राहत तथा निर्माण एजेन्सीसँग सम्बन्धित सुविधा उपलब्ध गराउने केन्द्रहरूमा पनि ध्वस्त भएका छन् । जसमा चार जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् । दक्षिणी खान युनिसमा अर्को इजरायली आक्रमणमा दुई जना बालबालिका सहित तीन जनाको मृत्यु भएको छ ।

इजरायली सेनाले दक्षिणी गाजामा आफ्ना सेनाहरू विरुद्ध स्नाइपर फायरको प्रतिक्रियामा अल मावासीमा आक्रमण गरिएको बताएको छ । इजरायली सेनाले खान युनिसमा बन्दुकधारीहरूले सैनिकहरूमाथि गोली चलाएको आरोपमा गाजा पट्टीमा हमासका मुख्य केन्द्रहरुमा हवाई आक्रमण गरेको थियो ।

चीनको केन्द्रीय टेलिभिजन सीसीटिभीका अनुसार हमासले युद्धविराम सम्झौताको पहिलो चरण लागू भएदेखि नै आक्रमणहरू खतरनाक रुपमा वृद्धि भएको बताएको छ भने इजरायलले प्यालेस्टिनी जनता विरुद्ध हमासले नरसंहारकारी कारबाही पुनः सुरु गर्ने प्रयास गरेको आरोप लगाएको छ । इजरायल र हमासवीच युद्धविराम सुरु भएदेखि ३०० जना भन्दा बढी प्यालेस्टिनीहरू मारिएको समाचार एजेन्सीहरुले बताएका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  १२:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update