RayNewsDaily
शेयर बजारमा सामान्य वृद्धि

रे समाचार/काठमाडौं । शेयर बजार आज सामान्य अंकले वृद्धि भएको छ । हिजो सामान्य अंक घटेर बन्द भएको शेयर बजार मापक नेप्से आज सामान्य अंक बढेर बन्द भएको हो । आज नेप्से परिसूचक ९.७८ अंक बढेर २५५०.३६ विन्दुमा पुगेको छ । 

नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य वृद्धि भएको छ । हिजो ३ अर्ब ८० करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब ९४ करोड ६० लाख ७४ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आज ४ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

बन्दीपुर केबलकार एण्ड टुरिजम, सागर डिष्टिलरी, बुङ्गल हाइड्रो र झापा इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ९ प्रतिशतले बढेको छ भने जोशी हाइड्रोपावरको शेयरमूल्य करिब ८ प्रतिशतले वृद्धि भएको छ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य भने आज सर्वाधिक करिब १० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज साहस ऊर्जा शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १८ करोड ३६ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे १६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम १६ करोड नाघेको छ । १३ उपसमूहमध्ये आज ११ उपसमूहको परिसूचक बढेको छ भने २ वटा उपसमूहको परिसूचक घटेको छ । 
 

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  १५:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update