RayNewsDaily
कृषि-प्रविधिमा अग्रणी बन्ने ब्रुनाई र सिङ्गापुरको साझा प्रयास        

बान्दार सेरी बेगावान । ब्रुनाइको वित्त तथा अर्थ मन्त्रालयले सिङ्गापुरको दिगोपन तथा वातावरण मन्त्रालय र सिङ्गापुर खाद्य निकायसँग मिलेर ब्रुनाइ-सिङ्गापुर कृषि-प्रविधि खाद्य क्षेत्र स्थापना गर्ने सम्भाव्यता अध्ययन गर्ने योजना बनाएको छ ।     
     
मन्त्रालयका अनुसार यस पहलको उद्देश्य दुवै देशका लागि खाद्य आपूर्ति सुरक्षित बनाउनु, उच्च मूल्यको कृषि-खाद्य लगानी आकर्षित गर्नु, रोजगार सिर्जना गर्नु र कृषि-खाद्य क्षेत्रमा स्थानीय क्षमता विकास गर्नु हो ।     
     
यस पहलले कृषि-प्रविधि नवप्रवर्तनलाई प्रोत्साहन दिने र ब्रुनेइ तथा सिङ्गापुरलाई क्षेत्रीय स्तरमा दिगो र प्रविधिमूलक कृषि-खाद्य उत्पादनमा अगुवाको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।     

यो पहलले ब्रुनाइको भूमि उपलब्धता र आर्थिक विविधीकरणको लक्ष्य र सिङ्गापुरको कृषि-प्रविधि विशेषज्ञता, नियमन अनुभव र बजार पहुँचलाई सँगै प्रयोग गर्ने मन्त्रालयले जनाएको छ । यस परियोजनाले उच्च गुणस्तरका खाद्य उत्पादनको उत्पादन, प्रशोधन र निर्यातलाई सक्षम पार्दै प्रतिस्पर्धी कृषि-खाद्य प्रणालीको विकासमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । सिन्ह्वा

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  १४:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update