RayNewsDaily
थाईल्याण्डका राजा वाजिरा लोङकोर्न चीनको पाँचदिने राजकीय भ्रमणका सिलसिलामा पैचिङमा

पैचिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा थाइल्याण्डका राजा महा वाजिरा लोङकोर्न फ्रा वाजिराक् लाओचायो हुआ चीनको पाँच दिने ऐतिहासिक राजकीय भ्रमणका लागि चीनको राजधानी पैचिङ पुग्नु भएको छ । 

थाइल्याण्डकी महारानी सुथिदासँगै पैचिङ पुग्नु भएका राजालाई चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा चिनियाँ विदेशमन्त्री वाङ यीले विमानस्थलमा स्वागत गर्नुभएको थियो । सन् १९७५ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि थाई राजाको यो पहिलो चीन भ्रमण हो । भ्रमणका क्रममा राष्ट्रपति सी र प्रधानमन्त्री ली छियाङले द्विपक्षीय सम्बन्ध र साझा हितका अन्य मुद्दाहरूमा छलफल गर्न थाई राजासँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम रहेको छ ।

सन् २०१६ मा सिंहासनमा आरोहण गरेपछि थाई राजा वाजिराले आधिकारिक भ्रमण गर्ने ककककपहिलो प्रमुख देश पनि चीन हो । थाई राजाको यस ऐतिहासिक भ्रमणलाई दुवै देशले द्विपक्षीय सम्बन्ध विकास गर्न दिने ठूलो र महत्वपूर्ण अवसरका रुपमा प्रतिबिम्बित गरेका छन् । सीसीटिभिका अनुसार यस वर्ष चीन–थाइल्याण्ड कूटनीतिक सम्बन्ध स्थापनाको ५० औं वार्षिकोत्सव र “चीन–थाइल्याण्ड मित्रताको स्वर्ण जयन्ती“ पनि हो । चीन धेरै वर्षदेखि थाइल्याण्डको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ भने थाइल्याण्ड दक्षिणपूर्वी एसियाली राष्ट्रको दोस्रो ठूलो निर्यात बजार र यसको कृषि निर्यातको ४० प्रतिशतभन्दा बढीको लागि गन्तव्य पनि हो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  २१:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update