RayNewsDaily
आन्ध्र प्रदेशको मन्दिरमा भएको भागदौड़मा नौ जनाको मृत्यु

मुम्बई । दक्षिणी भारतको आन्ध्र प्रदेशको कासिबुग्गाको वेंकटेश्वर मन्दिरमा शनिबार भागदौड मच्चिदा कम्तीमा नौ जनाको मृत्यु भएको आन्ध्र प्रदेशका गभर्नरले बताउनु भएको छ । उहाँले मन्दिरमा भक्तहरूको भीडभाडको बीचमा भगदौड हुदाँ नौ जना तीर्थयात्रीको मृत्यु भएकोमा गहिरो दुःख व्यक्त गर्नु भएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले भाग दौडमा आफ्ना प्रियजनहरू गुमाउनेहरू“ प्रति समवेदना व्यक्त गर्दैै “घाइतेहरू सिग्र स्वास्थ्यलाभको लागि प्रार्थना गरेको बताउनु भएको छ ।

यस अघि सेप्टेम्बरमा, तमिलनाडु राज्यमा लोकप्रिय अभिनेता–राजनीतिज्ञ विजयको चुनावी र्यालीमा भागदौड भएपछि कम्तीमा ३६ जनाको मृत्यु भएको थियो । यसै गरी जुन कहिनामा, ओडिसा राज्यमा भागदौड हुदाँ कम्तिमा तीन जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ ।

अघिल्लो महिना, गोवामा धार्मिक अनुष्ठानका लागि भला भएका हजारौ भत्तहरुको बिचमा भागदौड मच्चिदा छ जनाको मृत्यु भएको थियो भने जनवरीमा, उत्तरी सहर प्रयागराजको हिन्दू मेगा पर्व कुम्भ मेलामा कम्तीमा ३० जनाको मृत्यु भएको थियो । एएफपी

Facebook Comments

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२  १९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update