RayNewsDaily
चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच वार्ता

काठमाण्डू । चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३० तारिख बिहान दक्षिण कोरियाको बुसानमा वार्ता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, चीन र अमेरिकाको राष्ट्रिय अवस्था फरक भएकाले केही मतभिन्नता हुनु सामान्य हो। विश्वका दुई ठूला अर्थतन्त्र भएको नाताले कहिलेकाहीँ बाझाबाझ हुनु पनि सामान्य कुरा हो। चुनौती र संकटको सामना गर्दा, मैले र राष्ट्रपति ट्रम्पले कप्तानको रूपमा दिशा निर्देशन गर्नुपर्छ, ठुलो मूल स्थिति नियन्त्रण गर्नुपर्छ र चीन–अमेरिका सम्बन्धको यो ठूलो जहाजलाई स्थिर रूपमा अगाडि बढाउन प्रत्याभूति दिनुपर्छ, उहाँले भन्नुभयो। राष्ट्रपति ट्रम्पसँग मिलेर चीन-अमेरिका सम्बन्धलाई सबल आधारको सिर्जना गर्ने र दुवै देशमा घरेलु विकासका लागि राम्रो वातावरण सिर्जना गर्ने इच्छा राखेको पनि उहाँले बताउनुभएको छ। 

1761808495706_219-1761833072.jpeg
चिनियाँ अर्थतन्त्रको विकास प्रवृति राम्रो छ। चिनियाँ अर्थतन्त्र एक विशाल समुद्र जस्तै छ, यसको आकार, लचकता र सम्भावना ठूलो छ, चीनसँग विभिन्न जोखिम र चुनौतीको सामना गर्ने विश्वास र क्षमता छ। चीन कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय सम्मेलनको चौथो पूर्ण बैठकले आगामी ५ वर्षमा अर्थतन्त्र र समाजको विकास योजनाको सुझाव पारित गरेको छ। चीनले सुधारलाई गहिरो बनाउनुका साथै खुलापनलाई विस्तार गरी अर्थतन्त्रको गुणस्तरको प्रभावकारी वृद्धि र मात्राको उचित वृद्धि पारेर, मानवको समग्र विकास र सम्पूर्ण जनताको साझा समृद्धि प्रवर्द्धन गर्नेछ। यसले चीन-अमेरिका सहयोगका लागि पनि अझ व्यापक अवसर खोल्ने विश्वास उहाँले गर्नुभएको छ।

दुई देशका आर्थिक र व्यापार टोलीले महत्वपूर्ण आर्थिक र व्यापार समस्याबारे गहिरो वैचारिक आदानप्रदान गरेर समस्याको समाधानमा सहमति बनाएका छन्। अर्थतन्त्र र व्यापार चीन-अमेरिका सम्बन्धको स्थायी स्तम्भ र प्रोत्साहक बन्नुपर्छ, बाधक वा द्वन्द्वको कारण होइन। दुवै टोलीले समान, सम्मान र पारस्परिक फाइदाको सिद्धान्तमा आधारित भएर वार्ता गरेर समस्या सूची निरन्तर घटाउँदै र सहकार्य सूची विस्तार पार्नुपर्छ। 

1761808510358_178-1761833110.jpeg
 

विरोध भन्दा संवाद राम्रो हो भन्ने कुरामा राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ।

राष्ट्रपति ट्रम्पले राष्ट्राध्यक्ष सीसँग भेट गर्न पाएकोमा खुशी लागेको बताउनुभयो। राष्ट्राध्यक्ष सी सम्मानीय महान नेता र मित्र भएको उल्लेख गर्नुहुँदै सम्बन्ध धेरै खुशीलाग्दो रहेको बताउनुभयो। अमेरिका-चीन सम्बन्ध सधैँ राम्रो रहेको र भविष्यमा अझ राम्रो हुने तथा चीन र अमेरिकाको भविष्य अझै सुन्दर हुने आशा पनिस व्यक्त गर्नुभयो। चीन अमेरिकाको सबैभन्दा ठूलो साझेदार हो। दुबै देशले हातेमालो गर्दा विश्वमा धेरै ठूला काम गर्न सक्छन्। भविष्यमा अमेरिका-चीनको सहयोगले अझ ठूलो उपलब्धि हासिल गर्नेछ। 

दुई राष्ट्रनायकले अर्थतन्त्र तथा व्यापार, ऊर्जा लगायत क्षेत्ररूमा दुवै पक्षबीचको सहकार्य बढाउने र सांस्कृतिक आदानप्रदान प्रवर्द्धन गर्न सहमति गर्नुभएको छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update