RayNewsDaily
केन्यामा विमान दुर्घटनाहुँदा १२ जनाको मृत्यु   

नैरोबी(केन्या) । केन्याको तटीय काउन्टी क्वालेमा मङ्गलबार विमान दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।    
    
प्रसिद्ध मासाई मारा नेसनल रिजर्भको दियानीबाट किचवा टेम्बो जाँदै गरेको ५–वाई–सिसिए विमान दुर्घटनाग्रस्त भएको केन्या नागरिक उड्डयन प्राधिकरण (केसीएए) ले विज्ञप्ति मार्फत पुष्टि गरेको छ ।    
    
“विमानमा १२ जना यात्रु रहेको पुष्टि गर्दै दुर्घटनाको कारण र यसको प्रभाव पत्ता लगाउनका लागि अनुसन्धान भई रहेको केसीएएले जनाएको छ ।    
    
मासाई मारा नेसनल रिजर्भ तर्फ जाँदै गरेका विमानमा सवार पर्यटक यात्रुहरूको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।    
    
विमान मोम्बासा र देशका अन्य लोकप्रिय पर्यटकीय गन्तव्यहरू बिच सञ्चालन गर्ने एयरलाइन्सको भएको जनाइएको छ । सिन्ह्वा   

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update