RayNewsDaily
सीपीसीको महत्वपूर्ण बैठकद्वारा आगामी ५ वर्षको उच्च गुणस्तरीय विकासका लागि नीलो पत्रको तर्जुमा

पैचिङ । ४ दिनसम्म चलेको चिनियाँ कम्युनिष्ट पार्टी २० औँ केन्द्रीय समितिको चौथो पूर्ण बैठक २३ तारिख पैचिङमा सम्पन्न भएको छ।

यस पूर्ण बैठकमा प्राप्त सबभन्दा महत्वपूर्ण प्रतिफल के छ भने देश र विदेशको उच्च ध्यानमा रहेको सीपीसी केन्द्रीय समितिले राष्ट्रिय आर्थिक र सामाजिक विकासको १५ औँ पञ्चवर्षीय योजनाको तर्जुमा गर्ने प्रस्तावको लेखाजोखा गरेपछि त्यसलाई पारित गरिएको छ।

२४ तारिख सीपीसी केन्द्रीय समितिले पत्रकार सम्मेलनको आयोजना गरेको छ। त्यस प्रस्तावको तर्जुमा कार्यमा सहभागी केही पदाधिकारीले तर्जुमा प्रक्रिया र त्यसले आगामी ५ वर्षको उच्च गुणस्तरीय विकासका लागि तोकेको नीलो पत्रबारे विस्तृत रूपमा जानकारी दिएका छन्। सिजीटिएन

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०८२  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update