पैचिङ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले आज (२४ तारिख) बिहान २० औँ चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको चौथो पूर्ण सत्रको भावनाको परिचय र व्याख्या गर्न पत्रकार सम्मेलन आयोजना गरेको छ।
चिनियाँ केन्द्रीय वित्तीय तथा आर्थिक मामिला आयोगका उपनिर्देशक एवम् केन्द्रीय ग्रामीण कार्य नेतृत्व समूहका निर्देशक हान वनस्यौले १५औँ पञ्च वर्षीय योजनाको आर्थिक समाजको विकासको निर्देशन उपायको परिचय दिनुभएको छ। “केन्द्रीय समितिको राष्ट्रिय अर्थतन्त्र तथा समाजको विकाससम्बन्धि १५औँ पञ्च वर्षीय योजना बनाउनेबारेमा सीपीसीको सुझाव” मा यी आवश्यकताहरू प्रस्ताव गर्नुभयोः
आर्थिक निर्माणलाई पालना गर्ने केन्द्र, उच्च गुणस्तरीय विकासलाई प्रवर्द्धन गर्ने विषय, सुधार र नवप्रवर्तनको आधारभूत शक्ति, जनताको राम्रो जीवनको आवश्यकतालाई परिपूर्ण गर्ने आधारभूत उद्देश्य र पार्टीको व्यापक र कडा शासनको आधारभूत ग्यारेन्टी यी पाँच पक्षमा पालना गर्नुपर्छ। अर्थतन्त्रको गुणस्तर र मात्राको उचित वृद्धिलाई प्रवर्द्धन गर्नुपर्छ, जनताको व्यापक विकास प्रवर्द्धन गर्नुपर्छ, सबै जनताको साझा समृद्धिलाई प्रवर्द्धन गर्न ठोस कदम चाल्नुपर्छ र समाजवादी आधुनिकीकरणमा निर्णायक प्रगति पाउन सुनिश्चित गर्नुपर्छ। सो "सुझाव" को स्पष्ट निर्देशनहरू र सिद्धान्तहरू अघिल्ला पञ्च वर्षीय योजनाहरूसँग मिल्छन्, जुन निरन्तरता र स्थिरता कायम राख्न र समयसँग प्रगति गर्न, इमान्दारिता र नवीनता कायम राख्न तथा बलियो वैचारिक, रणनीतिक र निर्देशकीय विशेषताहरू छन्। सिजीटिएन
