RayNewsDaily
सीपीसी २० औँ केन्द्रीय समितिको चौथो पूर्ण बैठकद्वारा १५ औँ पञ्चवर्षीय योजना प्रस्ताव पारित

पैचिङ । चिनियाँ कम्युनिष्ट पार्टी २० औँ केन्द्रीय समितिको चौथो पूर्ण बैठक अक्टोबर २० देखि २३ तारिखसम्म पैचिङमा आयोजना गरिएको छ।

सो पूर्ण बैठकको केन्द्रीय राजनीतिक व्युरोले अध्यक्षता गरेको छ भने केन्द्रीय समितिका महासचिव सी चिनफिङले महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

पूर्ण बैठकले महासचिव सी चिनफिङले केन्द्रीय समितिको राजनीतिक व्युरोको वारिसमा गर्नुभएको कार्य-प्रतिवेदनको सुनुवाई र त्यसबारे छलफल गर्दै सीपीसी केन्द्रीय समितिले राष्ट्रिय आर्थिक र सामाजिक विकासको १५ औँ पञ्चवर्षीय योजनाको तर्जुमा गर्ने प्रस्तावको लेखाजोखा गरेपछि त्यसलाई पारित गरेको छ। महासचिव सी चिनफिङले त्यस प्रस्ताव मस्यौदाबारे पूर्ण बैठकसमक्ष ब्याख्या गर्नुभएको छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०८२  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update