RayNewsDaily
चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा विश्व महिला शिखर सम्मेलनलाई सम्बोधन

पैचिङ । चीनका राष्टाध्यक्ष सी चिनफिङले पैचिङ राष्ट्रिय सम्मेलन केन्द्रमा विश्व महिला शिखर सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुँदै “पैचिङ विश्व महिला सम्मेलन भावनालाई बिँडो थामेर महिलाको सम्पूर्ण विकासको नयाँ प्रक्रियालाई तीव्रता दिने” शीर्षकको मुख्य विषयमा सम्बोधन गर्नुभएको छ।

1760339818853_430-1760358402.png
 

 उद्घाटनअघि सी चिनफिङ र उहाँकी श्रीमती फङ लियुआनले सम्मेलनमा सहभागी हुन आएका विभिन्न देश तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि दलका नेताहरू र उनीहरूका जोडीसँग सौहार्दपूर्ण अभिवादन गरी सामूहिक फोटो समेत खिच्नुभएको थियो।

सम्बोधनमा राष्ट्राध्यक्ष सीले जोड दिँदै भन्नुभयो, 'हाल महिलाको सम्पूर्ण विकास सामु अझ जटिल चुनौती देखा परेकाले महिला र पुरूषबीचको समानतालाई साकार तुल्याउनका लागि साह्रै असहज परिस्थिती रहेको छ।' सम्बोधनमा उहाँले ४ बुँदे प्रस्ताव पनि प्रस्तुत गर्नुभएको छ-

पहिलो, सँगै मिलेर महिलाको हुर्काई र विकासका लागि हितकर हुने असल वातावरणको सिर्जना। दोस्रो, सँगै मिलेर महिला कार्यको उच्च गुणस्तरीय विकास हुने सशक्त शक्तिलाई प्रबर्द्धन। तेस्रो, सँगै मिलेर महिला हक(अधिकारलाई प्रत्याभूति दिने सञ्चालन बनौटको स्थापना। र चौथो, सँगै मिलेर विश्व महिला सहकार्यलाई प्रबर्द्धन गरिने नयाँ अध्याय कोर्नु।

विभिन्न पक्षहरूसित पैचिङ विश्व महिला सम्मेलन भावनालाई बिँडो थामेर मानवजाति भाग्य एकरूपताको स्थापना गर्ने लक्ष्यतिर लम्कँदै महिलाको सम्पूर्ण विकासको नयाँ प्रक्रियालाई तीव्र पारी संयुक्त रूपमा मानवजातिका लागि अझ सुमधुर भविष्यको सिर्जना गर्दै जान चीन इच्छुक रहेको पनि सीले बताउनुभयो ।  

राष्ट्राध्यक्ष सी चिनफिङ तथा श्रीमती फङ ली युआनले सम्मेलनमा सहभागी अन्तर्राष्ट्रिय अतिथिहरूका लागि आज बिहान स्वागत भोजको समेत आयोजना गर्नुभएको थियो । 


 

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update