तेहरान । इरानले सोमबार इजरायलको गुप्तचर एजेन्सी मोसादको तर्फबाट जासुसीको आरोपमा दोषी ठहरिएका व्यक्तिलाई मृत्युदण्ड दिएको इरानी मिजान समाचार एजेन्सीले जनाएको छ ।
बहमान चौबी–अस्ल भनेर चिनिएका व्यक्तिलाई न्यायिक कार्यवाही र इरानको सर्वोच्च अदालतले मृत्युदण्डको सजाय कायम राखेपछि फाँसी दिइएको हो ।
चौबी–अस्ल “इरानमा इजरायलका सबैभन्दा महत्त्वपूर्ण जासुसहरू मध्ये एक थिए र डेटाबेसको क्षेत्रमा मोसादसँग सचेत र व्यापक रूपमा सहयोग गरेका थिए“, कम्पनीमा उहाँको उपस्थितिका कारण, चौबी–अस्लले प्रबन्धकको रूपमा इरानको “संवेदनशील“ दूरसञ्चार परियोजनाहरूमा प्रवेश गर्न सफल भएको बताइएको छ ।
दोषीसँग इरानको महत्वपूर्ण र सार्वभौम तथ्याङ्कमा पहुँच भएकोे स्वीकारोक्तिमा, चौबी-अस्लले उनीसँग सहकार्य गरेर मोसादले इरानी सरकारी संस्थाहरूको तथ्याङ्कमा पहुँच प्राप्त गर्न, इरानको तथ्याङ्क केन्द्रमा घुसपैठ गरी देशमा इलेक्ट्रोनिक उपकरणहरू हस्तान्तरण गर्ने तरिकाहरू पत्ता लगाउन खोजेको जनाइएको छ ।
यसले मोसादका लागि गुप्तचर सङ्कलन गर्ने बदलामा अन्य कुराहरूका साथै दोषीले पैसा प्राप्त गरेको बताएको छ ।
सेप्टेम्बर- १७ मा इरानले बाबक शाहबाजी भनेर चिनिएका एक व्यक्तिलाई मृत्युदण्ड दिएको थियो, जसलाई मोसादका लागि जासुसीको अभियोगमा पनि दोषी ठहर गरिएको थियो ।
त्यसबेला मिजानको प्रतिवेदन अनुसार शाहबाजीलाई पैसा र तेस्रो देशको नागरिकताको बदलामा मोसादलाई इरानी संवेदनशील तथ्याङ्क तथा जानकारी बेचेर इजरायलसँग गुप्तचर र सुरक्षा सहयोग गरेको अभियोगमा दोषी ठहर गरिएको थियो । सिन्ह्वा)
