
डेनपासार, इन्डोनेसिया । इन्डोनेसियाका दुई प्रान्तमा आएको बाढीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ भने १३ जना हराइरहेका छन् ।
सोमबारदेखि परेको मुसलधारे वर्षाका कारण पूर्वी नुसा तेङ्गारा प्रान्त र पर्यटकीय टापु बालीमा बाढी आउनुका साथै र पहिरो गएको छ।
पूर्वी नुसा तेङ्गाराको नागेकेओ जिल्लामा बुधबार एउटा घर बगाएको र एकै परिवारका तीन जनालाई मृत फेला पारिएको छ । उक्त स्थानमा पाँच जना बेपत्ता भएका छन् ।
बालीको प्रान्तीय राजधानी डेनपासारका प्रहरी प्रमुख मुहम्मद इकबाल सिमातुपाङका अनुसार उद्धारकर्मीहरूले विभिन्न क्षेत्रबाट आठ जनाको मृत शरीर निकालेका छन् भने आठ जना हराइरहेका छन् ।
वर्षाका कारण नदीहरूले तटबन्धलाई कटान गरी बाली क्षेत्रका नौ नगर र जिल्लाहरूमा व्यापक भौतिक षति पुगेको छ ।
बाढीसँगै मालीमा गएको पहिरोका कारण माटो, चट्टान र रूख पहाडको बस्तीमा खसेका छन् । नदीहरूले कम्तिमा ११२ वटा वस्तीलाई डुबानमा पारेका छन् र धेरै पहिरो गएका बालीको प्रकोप व्यवस्थापन निकायले एक विज्ञप्तिमार्फत् जनाएको छ । एपी