
बैङ्कक । थाइल्याण्डका नयाँ प्रधानमन्त्रीले गठबन्धनमा फुटपछि बनेको अन्तरिम सरकारले नयाँ चुनावलाई स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न नेतृत्व गर्ने आफ्नो पूरानो वाचालाई सही तरिकाले पूरा गर्ने प्रतिबद्धता दोहोराउनुभएको छ।
कन्जर्भेटिभ पार्टीका नेता अनुटिन चार्नविराकुललाई संसदले शुक्रबार अनुमोदन गरेको छ । यसका कारण उहाँका पूर्ववर्ती पेटोङ्टार्न सिनावात्रालाई सत्ताच्युत गरेपछि एक हप्ता लामो शक्ति शून्यता अन्त्य भएको छ ।
उहाँले विपक्षी समूहहरूको गठबन्धनलाई एक साथ मिलाएर एक पटक प्रभावशाली सिनावात्रा वंशका पूर्वप्रधानमन्त्री थाक्सिनको चुनावी वाहन फेउ थाई पार्टीलाई सत्तामा आउनबाट रोक लगाउन सफल भएको छ ।
नयाँ निर्वाचनका लागि चार महिनाभित्र संसद् विघटन गर्ने शर्तमा उहाँले बहुमत प्राप्त गरेको पिपुल्स पार्टीको समर्थन पाउनुभयो ।
“म सबै सहमतिको पालना गर्नेछु,” शुक्रबार पार्टी मुख्यालयबाहिर उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो, “मेरो छोटो कार्यकालमा हामीले हाम्रो देशमा ‘मुस्कानको भूमि’को भावना फिर्ता ल्याउनुपर्छ।”
अनुटिनले शुक्रबारको मतदानको अघिल्लो रात र अदालती मुद्दाको केही दिन अघि थाक्सिनको अनपेक्षित विदेश उडान भएको बताउनुभएको थियो । उहाँले विदेशमा आफ्ना साथीहरूसँग भेट्ने र चिकित्सा उपचार लिने बताउनुभएको थियो ।
अनुटिनले भन्नुभयो, “निर्वाचनमा कुनै पक्षपात, उत्पीडन र बदला लिने काम हुने छैन।”
सन् २०२३ को अगष्टमा निर्वासनबाट फर्केपछि थाक्सिनको अस्पताल बसाइलाई लिएर सर्वोच्च अदालतले मङ्गलबार फैसला सुनाउने भएको छ ।
अनुटिनको दक्षिणपन्थी भुम्जाइथाई पार्टीले सन् २०२३ मा फेउ थाईसँग गठबन्धन गरेको थियो तर जुनमा कम्बोडियाका पूर्व नेता हुन सेनसँगको टेलिफोन वार्तामा पेटोङ्टार्नको कथित दुव्र्यवहारका कारण गठबन्धनबाट पछि हटेको थियो।
सिनावात्रा परिवार विगत दुई दशकदेखि थाई राजनीतिको मुख्य आधार बनेको छ । उनीहरूको राज्यको परम्परागत सामाजिक व्यवस्थाको लागि खतराको रूपमा हेर्ने राजतन्त्र समर्थक, सैन्य–समर्थक संस्थापनसँग विवाद बढेको छ ।
उनीहरूले गत हप्ता पेटोङ्टार्नलाई पदबाट हटाउने लगायतका शृङ्खलाबद्ध असफलताहरूको सामना गर्नुपरेको छ।
अनुटिनले यसअघि उपप्रधानमन्त्री, गृहमन्त्री र स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।सन् २०२२ मा भाङलाई वैधानिकता दिने वाचा पूरा गरेका कारण उहाँको चर्चा व्यापक बनेको छ ।
उहाँ आधिकारिक रूपमा प्रधानमन्त्री हुनका लागि उहाँको पदोन्नतिलाई थाइल्याण्डका राजाले अनुमोदन गर्न आवश्यक छ। एएफपी