-1756876729.jpg)
काठमाण्डू । पूर्वपश्चिम राजमार्गअन्तर्गन नवलपुरको देवचुली नगरपालिका-१५ लोकाहामा कन्टेनर र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
गएराति नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको ना २ क ११९ नम्बरको कन्टेनर र बुटवलबाट नारायणघाटतर्फ जाँदै गरेको प्र २-०३००१ ख ४०५६ नम्बरको ट्रक एक आपसमा ठोक्किँएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कन्टेनर चालक नवलपरासी सुस्ता गाउँपालिका-१ का ३५ वर्षीय माधव पंगेनीको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभएको गोरखापत्रले जनाएको छ ।
कन्टेनरका सहचालक चितवनको राप्ती नगरपालिका ७ का ३६ वर्षीय रामबहादुर सार्की र ट्रक चालक महोत्तरीको बर्दिवास नगरपालिका-११ का ३० वर्षीय बिच बहादुर थिङको एलाइभ अस्पताल भरतपुरमा उपचार भइरहेको नेपालले बताउनुभयो ।