RayNewsDaily
सप्तकोशीमा पौडी खेल्दा बेपत्ता भएका २३ वर्षीय युवक मृत फेला

सुनसरी । सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवक सोमबार बिहान मृत फेला परेका छन् ।

मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका-१० बकुल्लाचापका २३ वर्षीय ओसन कोइराला रहेका छन् । उनी आइतबार साँझ सप्तकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार कोइरालाको शव परीक्षणका लागि इनरुवास्थित जिल्ला अस्पताल पठाइएको छ । रासस

प्रकाशित मिति: सोमबार, कात्तिक २, २०८३  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update