RayNewsDaily
दसैँ मनाउन काठमाडौँ उपत्यका छाड्नेको लर्को, पाँच लाख यात्रु बाहिरिए
  • घटस्थापनादेखि असोज ३१ सम्म ४ लाख ९६ हजार यात्रु बाहिरिए ।
  • असोज २५ देखि घर फर्किने क्रम सुरु ।
  • नयाँबसपार्कसहित प्रमुख बसपार्क र नाकामा यात्रुको चाप ।

काठमाडौँ । बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख नजिक पुगेको छ । घटस्थापनादेखि असोज ३१ गतेसम्म सार्वजनिक यातायातमार्फत चार लाख ९६ हजार ३२३ यात्रुले उपत्यका छाडेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार असोज २५ गतेदेखि यात्रु बाहिरिने क्रम जारी छ । अघिल्ला दिनको तुलनामा आज उपत्यका छाड्ने यात्रुको सङ्ख्या घटेको उहाँले बताउनुभयो ।

उपत्यकाका विभिन्न स्थानमा यात्रुको चाप देखिएको छ । गोँगबुस्थित नयाँबसपार्क, माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर र गौशालामा यात्रुको चाप रहेको छ ।

दसैँ मनाउन सर्वसाधारण फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाका हुँदै उपत्यकाबाट बाहिरिएका छन् । रासस

प्रकाशित मिति: आइतबार, कात्तिक १, २०८३  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update