स्याङ्जामा जिप दुर्घटना हुँदा १५ जना घाइते

काठमाडौं । स्याङ्जामा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । स्याङ्जाको गल्याङदेखि कालीगण्डकी गाउँपालिकाको कोटाकोटतर्फ जाँदै गरेको लु १ ज ३१७४ नम्बरकाे बोलेरो-जिप आज दिउँसो कालीगण्डकी गाउँपालिका-७ मिर्मी आरुचौरमा दुर्घटनामा परेको हो ।
जिप सडकबाट झण्डै ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख दधिराम न्यौपानेले जानकारी दिनुभयो । घाइतेको कालिगण्डकी अस्पताल मिर्मीमा उपचार भइरहेको प्रहरीको भनाइ उद्धृत गर्दै गोरखापत्र अनलाइनले जनाएको छ । दुर्घटनाका गम्भीर घाइतेहरुलाई उपचारका लागि अन्यत्र लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२ १४:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय