RayNewsDaily
एएफसी महिला यु-२० मा नेपाल उत्तर कोरियासँग ११-० ले पराजित

रे समाचार/काठमाडौं । नेपाल एएफसी महिला यु-२० च्याम्पियनसिप छनोटको समूह चरणबाटै बाहिरिएको छ । समूह ‘ए’ को अन्तिम खेलमा साबिक विजेता उत्तर कोरियासँग फराकिलो हार बेहोर्दै नेपाल प्रतियोगीताबाट बाहिरीएको हो ।

आज दिउँसो भुटानको राजधानी थिम्पुस्थित चामलिमिथाङ रंगशालामा सम्पन्न खेलमा नेपाल ११-० ले पराजित भएको हो ।

योसँगै उत्तर कोरिया समूहको विजेता बन्दै एसियन कपमा छनोट भएको छ। नेपालले समान खेलबाट ४ अंक मात्रै बटुल्न सक्यो। भुटानसँग १-१ को बराबरी खेलेको नेपालले साउदी अरबमाथि भने १-० को जित निकालेको थियो ।।

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update