RayNewsDaily
करेन्ट लागेर किसानको मृत्यु   

राजविराज (सप्तरी) । आज बिहान करेन्ट लागेर सप्तरीको रुपनी गाउँपालिका-३ कटैयामा एक व्यक्तिको ज्यान गएको छ ।    
    
स्थानीय शम्भुकुमार इसरको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । करेन्ट लागेको उहाँको घटनास्थलमै ज्यान गएको छ । उहाँका अनुसार ४२ वर्षीय इसरको गाउँकै धान खेतमा लगाइएको विद्युत् मोटर खोल्ने क्रममा त्यहाँ रहेको नाङ्गो तारमा छुँदा करेन्ट लागेको थियो । रासस   

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update