गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता भएका दाजुभाइ मृत फेला परे

काठमाण्डू । रसुवाको तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता भएका दाजुभाइलाई प्रहरीले मृत फेला परेको छ ।
गोसाइँकुण्डमा स्नान गर्ने क्रममा आइतबार बेपता भएका विराटनगर महानगरपालिकाका २६ वर्षीय सुजन ढकाल र बेलबारी नगरपालिकाका २८ वर्षीय मनोज न्यौपानेलाई मृत फेला पारेको प्रहरीले जनाएको छ । बेपत्ता भएका थिए ।
उनीहरुलाई आज (सोमबार) बिहान १० बजे मृत अवस्थामा उनीहरू फेला परेको प्रहरीले जनाएको छ । मृत भेटिएका ढकाल र न्यौपाने मामा-फूफूका छोराहरु रहेको प्रहरी जनाएको छ ।
काठमाडौंबाट साथीभाइसँग उनीहरू साउन १० गते गोसाइँकुण्ड गएका थिए । आइतबार गोसाइँकुण्डमा नुहाउने क्रममा उनीहरु दुवै बेपत्ता भएका थिए ।
मृतक शव काठमाडौं ल्याउने प्रयास भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, साउन १२, २०८२ १४:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय