RayNewsDaily
गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु   

चितवन । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका-३ शान्ति चोकमा सागसब्जी बोक्ने बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक कालिका नगरपालिका-२ का ३५ वर्षीय मुकुन्द कँडेल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार गए राती १२ः३० बजे खैरहनी बाट टाँडीतर्फ आउँदै गरेको प्रदेश २-०२-००१ च०५१० नम्बरको सागसब्जी बोक्ने बोलेरोले जनकपुरबाट काठमाण्डूतर्फ आउँदै गरेको बा प्र ०३-००१ख३३६५ नम्बर (रात्रिबस) लाई ओभरटेक गर्ने क्रममा टाँडीबाट खैरेहनीतर्फ जाँदै गरेको बा प्र ०६-००१प ३५०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बोलेरोको ठक्करबाट घाइते मोटरसाइकल चालक कँडेलको उपचारका क्रममा भरतपुर अस्पतालमा राती १ः१९ बजे मृत्यु भएको हो । बोलेरो र चालक प्रहरीको नियन्त्रणमा रहेको उहाँले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update