सप्तकोशी नदीमा बालक बेपत्ता

इनरुवा (सुनसरी) । सुनसरीको बराहक्षेत्र नगरपालिका-९ राजाबासस्थित सप्तकोशी नदीमा आज एक जना बेपत्ता भएका छन् ।
भोक्रहा नरसिंह गाउँपालिका-१ का रामविलास मेहताका ११ वर्षीय छोरा दीपेश नदीमा बेपत्ता भएको सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो ।
तीन जना सँगै नुहाउन गएकामा दुई जना सकुशल बाहिर आएको र दीपेश बेपत्ता भएको उहाँले बताउनुभयो । बेपत्ता दिपेशको नेपाल र सशस्त्र प्रहरीले खोजी गरिरहेको उहाँले जानकारी दिनुभयो । रासस
प्रकाशित मिति: सोमबार, साउन ५, २०८२ १४:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय